काठमाडौं ।
जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेका दाबी गरिएको छ ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूलाई जानकारी नै नदिई बोलाइएको बैठकमा ५१ सदस्यमध्ये बहुमत सदस्य सहभागी रहेका दाबी गरिएको छ ।
कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईका अनुसार बैठकमा २८ जना सदस्य उपस्थित भएका छन् । पार्टी कार्यालयमा बालकुमारीमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको राईले बताए ।
अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सदस्यलाई बैठकबारे जानकारी दिइएको छैन । ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केशव झाले कार्यकारिणी बैठकको कुनै सूचना नआएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषय र नयाँ सरकार गठनका विषयमा विभाजित बनेको जसपामा अध्यक्ष ठाकुर र यादव पक्ष छुट्टाछुट्टै अभ्यास गरिरहेका छन् । यसअघि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ जना प्रदेश सांसदलाई अध्यक्ष यादव पक्षले एकलौटी कारवाही गरेको आरोप लागेको थियो ।









प्रतिक्रिया दिनुहोस्