27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

देउवालाई भेट्न महन्थ र राजेन्द्र बुढानिलकण्ठमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८  

काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।

अहिले सभापति देउवा र अध्यक्ष ठाकुर तथा नेता महतोबीच भेटवार्ता भइरहेको छ। उनीहरू देउवालाई भेट्न बिहान ९ बजे बुढानिलकण्ठ पुगेका थिए।

अध्यक्ष ठाकुर र नेता महतो देउवा निवास गएको र अहिले भेटवार्ता जारी रहेको जसपाका एक नेताले बताए।

अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो। तर पछिल्लो समय एमाले नेता माधव नेपाल पक्षका सांसदले राजीनामा दिने परिस्थिति बनेकोले समिकरण फेरबदल हुन सक्ने भएकोले जसपाभित्र कसलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन।

अर्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिएर प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्नेमा उभिएका छन्।

प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८     10:14:26 AM  |