17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

कञ्चनपुरमा थप ३ जना संक्रमितको मृत्युु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७८  

कञ्चनपुर – कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिए । रोकायाअनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७८     11:23:04 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *