26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सामसङ एक्सचेन्ज अफरः नयाँ वर्ष, एक्सचेन्जको हर्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

ग्राहकको मन जित्न सफल स्मार्टफोन ब्राण्ड सामसङले नयाँ वर्षको अवसरमा एक्सचेन्ज अफर ल्याएको छ ।

भरपर्दो र विश्वासिलो मानिदैँ आएको सामसङले पुरानो बार फोन अर्थात फिचर फोन, नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न मिल्ने अफर ल्याएको हो ।

एनसेलसँगको सहकार्यमा एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गत ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै सामसङले यस्तो योजना ल्याएको हो ।

यस एक्सचेन्ज अफरमा ग्राहकले सामसङको झण्डै दुई दिनसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री भएको सामसङ ग्इालेक्सी एम ०१ कोर र सामसङ ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् ।

एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहको छ । एम ०२मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्नेछन् ।

एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ ।

यो योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले स्क्सचेन्ज गर्न चाहेको पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्छ । र दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुनु हुदैन अर्थात ब्याट्रीले काम गरेको हुनु पर्दछ ।

नयाँ फोन किन्नका लागि न्यूनतम ८ सय रुपैयाँ ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ । नेपाललाई डिजिटालाइज बनाउने उद्देश्य सामसङको रहेको छ । ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभवसँगै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्नेछन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     6:51:08 PM  |