19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुनको भाउ घट्दोक्रममा, आज पनि ८०० ले सस्तियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २७, २०७७  

काठमाडौं ।

सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५ सय कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले झरेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ । हिजो १२ सय ७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, पुस २७, २०७७     11:12:22 AM  |