29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ५, २०७७  

काठमाडौँ–

संसद विघटनको सिफारिस बुझाएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन्।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरि शीतल निवासबाट बाहिरिएका हुन् ।

ओलीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिस बुझाएको र आगामी चुनावको सम्भावित मितिबारे पनि कुरा गरेको बताइएको छ । तर यसबारे राष्ट्रपति कार्यालयबाट अहिलेसम्म कुनै औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।

प्रकाशित मितिः आइतवार, पुस ५, २०७७     12:49:12 PM  |