20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

संसद् विघटनविरुद्ध नेकपाको युवा संगठनले देशभर प्रदर्शन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ५, २०७७  

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले विरोध गरेको छ । संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सो कदमको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेका छन् ।

प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपाले देशभर विरोध प्रर्दशन गर्ने र आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए । उनले भने–‘संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान हो । प्रधानमन्त्रीको यो कदमलाई संघर्ष गरेर सडकबाट फिर्ता गरिन्छ ।

अर्को उपाय भनेको कानूनी बाटो खोजिन्छ । ओलीलाई यहाँभन्दा थप निरङ्कुश हुन दिनेछैनौँ ।’ आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्र तथा बाहिरबाट चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मितिः आइतवार, पुस ५, २०७७     12:31:27 PM  |