सुनको भाउ प्रतितोला ५०० रूपैयाँ बढ्याे



काठमाडौं।

सुनको भाउ आज प्रतितोला ५०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रूपैयाँ तोकेको छ। उक्त मूल्य गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रूपैयाँले बढी हो।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। उक्त दिन अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँले मूल्य बढेको थियाे।

आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ। शुक्रबार एक हजार २५५ रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २७५ रूपैयाँ पुगेको हो।

विश्व बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको असर पर्ने गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार