काठमाडौं ।
नेपाल नर्सिङ संघले कोरोना भाइरसको संक्रमणबाट ४ जना नर्सको मृत्यु भएको जनाएको छ । देशभरका विभिन्न अस्पतालमा कार्यरत ५ सय भन्दा धेरै नर्स कोरोना संक्रमित भएको संघका प्रवक्ता कल्पना श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठका अनुसार नर्सहरु ७० वर्षीया विद्या जोशी, ६५ वर्षीया लक्ष्मी चित्रकार, ६४ वर्षीया चन्द्रकला परियार र ७० वर्षीया सूवर्णलक्ष्मी ताम्राकारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
कोरोनाबाट ज्यान गुमाउने सबैजना सेवानिवृत नर्स रहेको पनि श्रेष्ठले बताइन् । देशभर पछिल्लो समय नर्सलगायत स्वास्थ्यकर्मीमा बढ्दो कोरोना संक्रमणले संघ चिन्तित बनेको उनको भनाइ छ ।
प्रकाशित मिति : २०७७ कात्तिक १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्