भारतीयलाई नागरिकता सिफारिस गर्ने काँग्रेसबाट विजयी वडाध्यक्ष पक्राउ



कैलाली ।

कैलालीबाट भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १४ गते शुक्रबार