कैलाली ।
कैलालीबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको उनले बताए ।
प्रकाशित मिति : २०७७ कात्तिक १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्