25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

चाडपर्व साँस्कृतिक र सामाजिक एकताको प्रतिकः सांसद नमूना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७  

कोहलपुर ।

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)ले चाडपर्वहरु साँस्कृतिक र सामाजिक एकताको प्रतिक रहेको बताएकी छिन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिका २ कचनापुरमा नेकपा वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शनिबार उक्त कुरा बताएकी हुन् ।

सोही क्षेत्रबाट निर्वाचित सांसद नमूनाले दशैं, तिहार, छठ, मोहम्मद डे लगायतका पर्वहरु साँस्कृतिक र सामाजिक एकताको प्रतिक भएको बताउँदै सबैलाई एकताबद्ध हुन आग्रह गरिन् ।

सबै युवाहरुलाई एकतावद्ध भई सामाजिक रुपान्तरण र विकास गरि समाजको नेतृत्व गर्न समेत उनले आग्रह गरेकी थिइन् । बिजया दशमी, दिपावली र छठ लगायतका पर्वहरुको अवसरमा नेकपा राप्तीसोनारी २ कमिटि र राष्ट्रिय युवा संघले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७     11:38:03 AM  |