16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

बन्चरोले हानेर छोराले गरे आमाको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७  

कैलाली ।

कञ्चनपुरमा बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया आमा पार्वतीको बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शनिबार राति घरायसी विवाद हुँदा छोराले आमालाई बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

आमाको हत्या गरेका पप्पुलाई नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ९, २०७७     11:19:19 AM  |