20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अछाममा चट्याङ लागेर सात जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७  

अछाम ।
अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधबार साँझ ६ बजेतिर चट्याङ लागेर साँफेबगर नगरपालिका १३ का सात जना घाइते भएका हुन् । उनीहरुलाई उपचारकाे लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

चट्याङ लागेर घाइते भएकामध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी समय समयमा बेहोस हुने भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको भने हात खुट्टा पोलेकाे अवस्थामा रहेकाे बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७     3:56:16 PM  |