आज पनि बढ्यो सुनको मूल्य



काठमाडौँ ।

सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार