क्वारेन्टाइनमा बसेका बाजुराका १० स्वास्थ्यकर्मी काममा फर्किए



काठमाडौं। कोभिड-१९ बाट मृत्यु भएकी बालिकाको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मी क्वारेन्टिन बसाई सकेर नियमित काममा फर्केका छन्।

बाजुरा बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको १८ जेठमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो। बाजुरा अस्पतालको आइसोलेसनमा उउपचाररत ति बालिकाको मृत्युपछि १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो।

बालिकाको उपचारमा संलग्नहरूको स्वास्थ्य परीक्षण गर्दा एक जना नर्समा कोरोना पोजिटिभ देखिएको थियो। पहिलो चरणमा ५ जना २७ दिन क्वारेन्टाइनमा बसेका थिए भने दोस्रो चरणमा ५ जना २० दिन क्वारेन्टाइनमा बसेका थिए।

उनीहरू सबै स्वास्थ्य परीक्षणपछि नियमित काममा फर्किसकेको बाजुरा अस्पतालका व्यवस्थापक नृप गिरीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १५ गते सोमबार