कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ८ बाबानगरमा भयानक सवारी दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ आइरहेको आइलक्स जीपले स्कुटरलाई ठक्कर दिएर जीप समेत दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
भने तीन जनाको अवस्था गम्भिर रहेको छ । बा १५ च ६५९४ नम्बरको जीपले सोही दिशाबाट नै आइरहेको भे ९ प ४४९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार जीपले स्कुटरलाई ठक्कर दिएर सडकभन्दा तल खस्दा त्यहाँ घास काटिरहेकी महिलालाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर स्कुटर चालक कोहलपुर १० बस्ने ३४ वर्षिया सारा डिसी, पछाडी बस्ने सोही ठाउँकी ४५ वर्षिया धनमाया खडु्का र घास काटिरहेकी कोहलपुर ८ बस्ने ६० वर्षिया माया अधिकारी गम्भिर घाइते भएका छन् ।
उनीहरु सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका जीप चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्