यूएईबाट १६८ नेपाली लिएर नेपाल उड्यो एअर अरेबिया विमान



काठमाडौं।

नेपाली यात्रु लिएर यूएईको सारजहा विमानस्थलबाट एअर अरेबियाको विमान काठमाडौं उडेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाली यात्रु लिएर विमान काठमाडौंका लागि उडेको जानकारी दिए।

साँझ ६ बजे उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनले जानकारी दिए। यसअघि आजै बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन्।

म्यानमारको एअरफोर्स जहाजमा त्यहाँको सरकारले आफ्नै खर्चमा त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याएको हो।

आजदेखि विदेशमा अलपत्र परेका मानिसहरूलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन लागिएको हो। यसरी स्वदेश फर्किने नेपालीहरूलाई राजधानीका विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिनेछ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार