नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो



काठमाडौं :

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । चीनको बुहानबाट सुरु भएको यो भाइरसका कारण अहिले सम्म चार जनाले ज्यान गुमाएका छन् ।

Closeup of a corpse on a gurney wearing a toe tag. Isolated with clipping path.

वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पुष्टि गरे ।

‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १२ गते सोमबार