स्वास्थ्य मन्त्रालयको कार्यविधि : कोरोनाका कारण मृत्यु भएमा आफन्तले शव नछोइकन एक मिटर टाढाबाट पालैपालो हेर्न पाउने



काठमाडौँ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएका शव व्यवस्थापन गर्ने कार्यविधि बनाएको छ। मन्त्रालयले शनिबार सार्वजनिक गरेको संक्षिप्त कार्यविधि अनुसार मृतकका आफन्तले शव छुन पाउने छैनन्।

करीब एक मिटर टाढाबाट पालैपालो हेर्न, सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कन, पाठ गर्न तथा फूलमाला चढाउन भने सक्नेछन्। त्यस्तै ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगी व्यक्ति शवको नजिक जान पाउने छैनन्।

यस्तो छ स्वास्थ्य मन्त्रालयले आज जारी गरेको १९ बुँदे संक्षिप्त कार्यविधि

कोभिड -१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शवको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेतापनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपानाई शव व्यवस्थापन गर्ने कार्य गरिने छ।

1-शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीई को प्रयोग गर्नुपर्दछ।

2-मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्दछ।

3- कोभिड – १९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नुहुँदैन।

4- शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्दछ।

5-  शवलाई कम भन्दा कम चलाउनु पर्दछ।

6- शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ।

7-  शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ।

8- शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ।

9- शवलाई डिस्इन्फेक्टु गर्नु आवश्यक छैन।

10- शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्दछ।

11- शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्नेछैन।

12-  ६० वर्ष माथिका व्यक्तिहरू र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्दछ।

13-  सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरू गर्न सकिनेछ।

14-  मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोईकन कम्तिमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ।

15- कोभिड- 1९ ले मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन। यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्दछ।

16- यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्दछ।

17 – कोभिड -१९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नुपर्दछ।

18-  पोष्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरू डिस्इन्फेक्टु गर्नुपर्दछ।

19 – क्लिनिकल वेष्टुहरूको सावधानीपूर्वक डिस्पोजु गर्नुपर्दछ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार