सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ



कैलाली

कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् ।

मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला १५ वर्षीया युवतीलाई वडासचिवसहित तीन जनाले सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका ४ का सचिव २९ वर्षीय रामकुमार चौधरी रहेका छन् ।

त्यस्तै प्रहरीले बलात्कार आरोपमा वडासचिवसँगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरीलाई पनि पक्राउ गरेको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई कैलाली जिल्ला अदालतबाट बलात्कार मुद्दामा अनुसन्धानका लागि १५ दिनको अनुमति लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार तीनै जनाले ती किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भनी बलात्कार गरेको बुझिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ५ गते शुक्रबार