मृत्यु संस्कारमा जानेबाहेक अरूलाई पास बन्द



काठमाडौं।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको बताएका छन्।

उनले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा जानकारी गराएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३ गते बुधबार