सुदीप अधिकारी । बर्दिया ।
कोरोना भाइरसले निम्त्याएको विपत्तिमा सहयोग गर्न विभिन्न संघ संस्थाहरु अघि बढेका छन् । आइतबार ठाकुरबाबास्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी र उज्यालो नेपाल संस्थाले विपद् व्यवस्थापन कोषमा सहयोग स्वरुप ७५ हजार ५ सय ६७ रुपैँया प्रदान गरेका हुन् ।
ठाकुरबाबा नगरपालिकाले खडा गरेको विपद् व्यवस्थापन कोषमा रकम जम्मा हुने गरि हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले ५० हजार ५ सय ६७ रुपैँया र उज्यालो नेपाल संस्थाले २५ हजार रुपैँया ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
हाम्रो मध्यवर्ती सहकारीका कर्मचारीले २ दिनको तलब, प्रशिक्षार्थी कर्मचारीले १ दिनको तलब तथा बाँकि रकम संस्थाको कोषबाट प्रदान गरिएको सहकारीका प्रवन्धक गणेश थापाले जानकारी दिए । सहकारीको सामाजिक दायित्व अन्र्तगत विपद् कोषमा रकम सहयोग गरेको हाम्रो मध्यवर्ती सहकारीका अध्यक्ष नवराज न्यौपानेले बताए ।
यसैगरि विपद् व्यवस्थापन कोषमा निजी तथा आवसीय विद्यालयको संगठन प्यावसन ठाकुरबाबाले ५० हजार रुपैँया सहयोग प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाका सभापती यज्ञप्रसाद नेपालले आफनो जन्म दिनको अवसर परेर विपद् कोषमा ५ हजार ५० रुपैँया सहयोग प्रदान गरेका छन् ।
मुलुक लकडाउनका बेला गरिब तथा विपन्नलाई सहयोग गर्न नगरले विपद् व्यवस्थापन कोष खडा गरेको छ । विपन्नलाई सहयोग सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीहरुमा आह्वान गरेको छ ।
नगरपालिकाको आह्वान अनुसार नगरका विभिन्न संघ, संस्था तथा व्यवसायीहरुले विपद् कोषमा रकम सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्