क्वारेन्टाइनमा रहेका कर्णालीबासी भेट्न दशगजा पुगे कर्णालीका कानुनमन्त्री



कोहलपुर ।
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपाल–भारत जमुनाहा नजिक दशजगामा रहेको क्वारेन्टाइनमा रहेका कर्णालीबासीलाई भेटेका छन् ।

बिहीबार साँझदेखि नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका कर्णालीबासीहरुलाई उनले शुक्रबार भेटेका हुन् ।

उनले त्यहाँको क्वारेन्टाइनमा राखेको कर्णालीबासीसँगै अन्यहरुको अवस्थाबारे समेत जानकारी लिएका थिए । क्वारेन्टाइनमा राखिएका नेपाली नागरीकहरुको अवस्था सन्तोषजक रहेको मन्त्री भण्डारीले जानकारी दिए ।

स्थलगत अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू कर्णालीका नागरीकहरुको अवस्था बुझ्नको लागि क्वारेन्टाइन स्थलमा आएको बताएका थिए ।

‘यहाँ क्वारेन्टाइनमा रहेका कर्णाली लगायत अन्य नागरिकहरुको व्यवस्थापन र सुरक्षाको अवस्था मजबुत पाइयो’ उनले भने, ‘यहाँ गरीएको व्यवस्थापन प्रति आभार हुँदै उहाँहरुले सरकारलाई धन्यावाद दिनुभयो ।’

मन्त्री भण्डारीले अब सबैजना १४ दिन सम्म क्वारेन्टाइनमा रहने बताउँदै त्यसपछि सम्बन्धित जिल्लामा पु¥याउने काम प्रदेश सरकारले गर्ने जानकारी दिए । शुक्रबार नै उनीले बाँकेस्थित सुरक्षा अधिकारीहरुसँग समेत भेटेर जानकारी दिएका थिए ।

दशजगामा निर्माण गरिएको क्वारेन्टाइनमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना गरी कुल १८१ जना पुरुषहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार