धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ



 

कैलाली ।

धनगढीमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको शक्रबार बिहान मृत्यु भएको थियो ।

मृत्युपश्चात मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा उनमा कोरोना नभएको धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालाले पुष्टी गरेको छ ।

कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २१ गते शुक्रबार