सरस फुड इन्डस्ट्रीजमा आगलागी, पाँच दमकल आगलागी नियन्त्रणमा प्रयोग



चितवन ।

चितवनको सरस फुड इन्डस्ट्रीजमा आगलागी भएको छ।

भरतपुर महानगरपालिका ४ लंकु स्थित धारापानी चोक नजिक रहेको इन्डस्ट्रीजमा बिहान करिब पौने ५ बजेबाट बिजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले पाँच वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना , सशस्त्र प्रहरीबल , नेपाल प्रहरी समेत खटिएका छन् । इन्डस्ट्रीजका सञ्चालक रेखा अग्रवालका अनुसार आगलागीबाट कुनै मानवीय क्षती भएको छैन् ।

अग्रवालले उद्योगमा करोडौँको क्षती भएको दावि गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार