२०७७ सालमा यी दिन हुनेछन् सरकारी बिदा



गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ। २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ। त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ।

भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ। वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ।

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ। त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ। तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार