सुडान शान्ति मिसनमै प्रमुख सेनानी विष्टको मृत्यु



काठमाडौं ।

नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला हृदयघातका कारण निधन भएको छ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको पुष्टि नेपाली सेनाले गरेको छ।

हृदयघातबाट निधन भएका विष्टको शव अल्फासेरस्थित राष्ट्रसंघीय अस्पालमा राखिएको छ। उनको शवलाई सुडानको राजधानी खार्तुमस्थित अस्पतालमा पोष्टमार्टम गरेपछि नेपाल ल्याइनेछ।

विष्टको निधन अप्रेशन रुपमा व्रिफिङकै क्रममा ढलेपछि भएको खुलेको छ। बिष्टको घर ललितपुरको सानेपा हो। उनका एक छोरा र एक छोरी छन्।

विष्टको शव खार्तुममा पोष्टमार्टमपछि संयुक्त राष्ट्रसंघले एयर एम्बुलेन्सबाट नेपाल पठाउने भएको छ। विश्‍वमा अहिले कोरोनाको महामारी चलिरहेकाले तत्कालै उनको शव नेपाल आइपुग्‍न कठिनाइ हुने भएको छ।

४० बेसिकका सैनिक अधिकृत विष्ट २०७३ फागुनमा स्टाफ कलेज पास गरेका थिए। मेजर रहेका बेला उनी मुगुको रारामा श्रीदल गुल्मका गुल्मपति पनि भएका थिए।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार