कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सामुदायिक विद्यालय र आश्रय भवनमा ३० शैयाको क्वारेन्टाइन केन्द्र बनाउने सुरु गरेको छ । आइतवार गाउँपालिकामा बसेको बैठकले गाउँपालिकामा ३० शैयाको क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा गाउँपालिका तत्काल वडा नं। ८ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा १५ र वडा नम्बर ३ मा रहेको साइपुरको आश्रय भवनमा १५ शैयाको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । यो निर्णयसंगै क्वारेन्टाइन लागि विद्यालय र आश्रय भवनलाई प्रयोग गरी क्वारेन्टाइन बनाउन सुरु गरिएको छ ।
कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन अहिले तत्काल दूई वटा स्थानमा ३० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार अन्य वडामा समेत २० शैयको क्वारेन्टाइन केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्क्षय लाहुराम थारुका स्वकिय सचिव सन्तोष चौधरीले जानकारी दिए ।
राप्तीसोनारी ८ का वडा अध्क्षय खुम बहादुर बस्नेतले अहिले ३० शैयाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको बताए ।
उनले आवश्यक सामाग्री खरिद प्रक्रिया समेत सुरु भइसकेको बताए । आइसोलेसनको लागि तयारी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गर्ने छ ।
बिहीवारभित्र क्वारेन्टाइन केन्द्र तयार हुने राप्तीसोनारी ८ का वडा अध्क्षय बस्नेतले जानकारी दिए । अहिले गाउँपालिमा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतना मुलक सन्देशसहितको माइकिङ भइरहेको उनले बताए ।
गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई ध्यानम राखि प्रत्येक घरधुरीलाई माक्सको व्यवस्थापन तयारी गरिरहेको छ । मानिसहरुलाई अत्याआवश्यक अस्थाबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको र जनताले लकडाउनको पालना गरिरहेको गाउँपालिका थारुले बताए ।
यस्तै गाउँपालिकाभित्र पछिल्लो समय बाहिरी देशबाट आएका स्थानीयहरुको पहिचान गरी स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार नेपालगन्ज रेफर गर्ने रणनीति बनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्