लकडाउनमा महिला भेला पार्दै कोरोना ठीक पार्ने प्रचार गर्ने महिला पक्राउ



चितवन ।

लकडाउनमा महिला जम्मा पार्दै कोरोना ठीक पारिदिने आश्वासन बाड्दै धर्म प्रचार गर्ने महिला पक्राउ परेका छन् ।

कोरोना भाइरस ठीक पारिदिने भन्दै धर्मको नाउंँमा अफवाह फैलाउने ती महिलालाई चिवतन प्रहरीले शनिवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका– ७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुंगाना छन् । उनले येशुलाई विश्वास गर्नुस् तपाईहरूलाई केही हुँदैन, हाल फैलिरहेको कोरोना भाईरसले समेत छुन सक्दैन भन्दै स्थानीयलाई भ्रम फैलाउँदै हिडेको स्थानीयको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

लकडाउनका बेला स्थानीय महिला भेला पार्दै अफवाह फैलाउन महिलालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए ।

पक्राउ परेकी महिलालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहारमा आइतबार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार