‘लकडाउन’मा पत्रकारलाई पास दिने पत्रकार महासंघ बाँकेको निर्णय



कोरोना भाईरसको आतंकका बिच समाचार संकलनमा खटिने पत्रकारहरुलाई पास उपलब्ध गराईने भएको छ ।

आईतबार बसेको सुरक्षा समितिको बैठकले पास दिएर मात्र पत्रकारहरुलाई फिल्डमा खटाउने निर्णय गरेपछि नेपाल पत्रकार महासंघ बाँकेले यस्तो निर्णय गरेको हो ।

महासंघेले टिभीको हकमा २ तथा दर्ता भएको अनलाईन र एफएम रेडियो हकमा १ जनालाई पास दिने बताएको छ ।

आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सम्बन्धित संचारगृह तथा पत्रकारलाई पासकोलागी पत्रकार महासंघमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

पत्रकारलाई पास दिने महासंघ बाँकेको निर्णय

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार