30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

तरुण दल बझाङका अध्यक्ष सवार मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६  

बझाङ । तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडी सवार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहिबार छविस पाथिभेरा गाउँपालिकाको भाँडे बजारबाट श्रीमती र ३ वर्षीय छोरा सँगै घर जाने क्रममा खोलागाडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा उनकी श्रीमती उजला ऐडीको मृत्यु भएको हो ।

छविसपाथिभेरा गाउँपालिकामा पर्ने भाँडेबजारबाट भे.न.पा. ६७८१ नम्बरको मोटरसाइकलमा परिवारसहित घरतर्फ जाने क्रममा खोलागाडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनाबाट उजला ऐडीको मृत्यृ भएको र घाइते अध्यक्ष ऐडि र उनका छोराको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । घाइते दुवैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ७, २०७६     7:06:11 PM  |