प्रधानमन्त्री ओली फेरि अस्पतालमा



काठमाडौ  :
प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगंज परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको डायलासिस भएको हो ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज नियमित डायलासिस भएको हो । ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । २०६४ सालमा मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ पुस ३ गते बिहीबार