नेपालगन्ज/ नेपाली भु–भाग अतिक्रमणको विरोधमा राष्ट्रिय युवा संघ बाँके आन्दोलित भएको छ । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक समाबेश गरेर सार्वजनिक गरेको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकले बिरोध जनाएका छन् ।
‘गो ब्याक ईन्डियाको नारा लगाउदै राष्ट्रिय युवा संघको नेतृत्वमा सयौं युवा तथा विद्यार्थीहरुले नेपालगन्जको बिपि चोकबाट निकालेको बिरोध ¥याली धम्बोझी पुगेर बिरोध कोण सभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा गो ब्याक ईन्डिया“, भारतिय बिस्तारवाद मुर्दाबाद, हाम्रो जमिन फिर्ता गर, नरेन्द्र मोदी मुर्दावाद जस्ता भारत बिरोधि नारा र प्लेकार्ड सहित हजारौंको संख्यामा उपस्थिति रहेका थिए ।
बिरोध कार्यक्रममा बोल्दै युवा संघका केन्द्रिय सदस्य थापाले लिपुलेक विशुद्ध नेपालको हुँदा हुँदै पनि निजि स्वार्थको लागि भारतले आफ्नो नयाँ नक्सामा समाबेश गरेको बताउनु भयो ।
भारतले नयाँ नक्सा सच्याउनु पर्ने युवा संघको माग छ । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य खेम शर्मा, अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, युवा नेता तथा समाजसेवी उमेशजंग ठकुरी हजारौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्