मोरङ
नेपाली १० लाख रुपैयासहित एक हुण्डी कारोबारी विराटनगरमा पक्राउ परेका छन्। सुनसरी बर्जु गाँउपालिकाका उमाकान्त रायलाई प्रहरीले विराटनगरको कञ्चनबारी चोकबाट सोमबार १० लाख रुपैयाँसहित पक्राउ गरेको हो।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक राजकुमार खिउँजुका अनुसार पक्राउ परेका २४ वर्षीय रायले बोकेको झेला खानतलासी गर्ने क्रममा विभिन्न दरका नेपाली नोट १० लाख रुपैयाँ, प्राईम बैंक र एनसीसी बैंकको चेकबुक लगायतका सामान फेला परेको थियो।
खिँउजुले बरामद भएको रकम हुण्डी कारोवारको भएको पुष्टि भएपछि पक्राउ गरेर रायलाई मंगलबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी दिए।
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।# deshsanchar.com









प्रतिक्रिया दिनुहोस्