‘समृद्ध र नमूना बैजनाथको आधार तयार भईसक्यो’



बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तह मध्ये एक हो, बैजनाथ गाउँपालिका । बैजनाथ गाउँपालिकालाई पाँच वर्ष भित्र बाँके कै समृद्ध र नमुना स्थानीय तह बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ । गाउँपालिकालाई अन्य स्थानीय तह भन्दा समृद्ध बनाउनको लागि जनप्रतिनिधि र कर्मचारीहरु समेत लागि परेका छन् । स्थानीय तहको कार्यान्वयन पछि अहिले सम्म के के भयो र आगामी दिनमा गाउँपालिका कस्तो योजनाका साथ अघि बढिरहेको छ त । स्थानीय तह कार्यान्वयन पश्चात विगत, वर्तमान र भविश्य सँग केन्द्रीत रहेर मिसन संवाददाता शुभाकर विश्वकर्माले बैजनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत राम प्रसाद सापकोटा सँग गरेको कुराकानी ।

१. चालु आर्थिक वर्षको पहिलो चौमासिक चलिरहेको छ, के के कामहरु भए ?
ड्ड हामीले अहिले पहिलो चौमासिकको असोज महिनामा छौ । गत असार २९ को गाउँपालिकाले चालु आर्थिकको वर्षको लागि बजेट, नीति तथा कार्यक्रम गाउँ सभा मार्फत पारित गरिसकेको छ । चालु आवमा सबै भन्दा बढि विकासे योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले लिएको निति तथा कार्यक्रम सम्पन्न गर्नको लागि विकासे योजना उपभोक्ता समिति मार्फत गर्ने निर्णय गरिएको छ । उपभोक्ता समिति मार्फत योजना सम्पन्न गर्ने कार्यक्रम संचालन भईरहेको छ । अहिले वडा स्तरमा उपभोक्ता समिति गठन गर्ने क्रम चलिरहेको छ । असोज २५ सम्म गठन प्रक्रिया सक्ने योजना रहेको छ । त्यसपछि योजना सम्पन्न गर्नको लागि उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको छ । यस्तै गाउँपालिका स्तरीय ठुला योजनाको टेन्डर प्रक्रिया समेत शुरु भईसकेको अवस्था छ । नमुना गाउँपालिका बनाउनको लागि कर्मचारी र जनप्रतिनिधिहरुको समन्वयमा काम भईरहेको छ ।
२. समृद्ध बैजनाथका लागि चालु आवका मुख्य प्राथमिकताहरु के–के हुन् ?
ड्ड समृद्ध र नमुना बैजनाथ गाउँपालिकाका लागि पहिलो प्राथमिकता भनेके भौतिक पुर्वाधार विकास हो ।जस अन्तर्गत अहिले पनि वडा तथा गाउँपालिका स्तरमा विभिन्न कार्य भईरहेका छन् । बैजनाथका प्रत्येक वडा सोही कार्यक्रम अन्तर्गत कच्ची सडक विस्तार, कालोपत्रे,सडक विस्तार लगायातका कार्य भईरहेको अवस्था छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायात पर्यापर्यटनको विकासको लागि समेत गाउँपालिकाले प्राथमिकता दिएर काम भईरहेको छ ।यस्ता गतिविधि मार्फत स्थानीय जनता, उपभोक्ता समिति लगायत सम्पुर्ण कार्य सक्ने गरि काम भईरहेको हो । नियमित मर्मत सम्हारको लागि समेत गाउँपालिकाले बजेट छुट¥्याएको छ । अर्को महत्वपुर्ण कुरा योजना योजना सम्पन्न गरे वा नगरेको अवस्था बुझ्नको लागि कर्मचारीलाई कार्यविवरण माग्ने गरिएको छ ।
३. बैजनाथ गाउँपालिकाले अहिले सम्म गरेका राम्रा कामहरु केही छन् ?
ड्ड किन नहुनु, पक्कै छन् । सुन्नुस, हामीले पहिले देखी नै बाँकेको नमुना गाउँपालिका बनाउने भनेका छौ । सबै भन्दा नमुना भनेको कर्मचारीको कार्य सम्पादन विवरण कार्य बुझाउने भईहाल्यो, अर्को कुरा कर्मचारी र जनप्रतिनिधिहरु बीच बैजनाथको विकास र समृद्धिका लागि सहकार्य र समन्वय छ । गत वर्षहरुमा ठुलो संख्यामा कालो पत्रे गरेका छौ । सबै भन्दा क्षेत्रको मुख्य आषर्कणको केन्द्र भनेको नौवस्ता औद्योगिक क्षेत्र हो । नौवस्ता क्षेत्रको विवाद व्यवस्थापनका लागि पनि लागि रहेका छौ । गाउँपालिका र तीन वडा वडाको सुविधा सम्पन्न भवन निर्माणको लागि पनि तयारी भइरहेको छ । अन्य दैनिक गर्ने कार्य त शाखागत रुपमा भईरहेकै छन् ।अनि गाउँपालिका स्तरमा भएका योजनाहरुको बेला बेलामा गाउँपालिका अध्यक्ष अहिले सरोकारवालाहरुको सहभागितामा अनुगमन गर्ने कामको पनि थालनी गरिएको छ । यसका केही परिणाम देखिदैछन्, केही देखिनेवाला छन् । यस्ता प्रकारका कार्यमा अहिले सम्म कुनै पनि विषयमा विवाद भने आएकौ छनै ।
४ नौवस्ताको कुरा गर्नुभयो बैजनाथको विकासमा यसले कायापलट हुन्छ भनिन्छ नी ? तपाई चाँही के भन्नु हुन्छ ?
ड्ड यो बैजनाथ मात्रै होईन पुरै पश्चिम क्षेत्र कै लागि सम्भावना युक्त परियोजना हो । नौवस्ता बैजनाथमा गाउँपालिकामा हुनु नै हाम्रो लागि गौरवको रुपमा लिनु पर्दछ । सरकारले यस पटक रकम पनि छुट्याएको छ । छिट्टै संचालन होला ।यसबाट बैजनाथ गाउँपालिकाको विकासमा कायापलट हुने कुरामा दुई मत नै छैन । गाउँपालिकाले पनि स्थानीय स्तरबाट हुने पहल गरिरहेको छ ।
५. नौवस्ताले यस क्षेत्रको नै कायापलट हुन्छ भन्नु भयो बैजनाथले चाँही के पाउछ यसबाट ?
ड्ड तपाईलाई भन्न चाहन्छु अवको पाँच वर्षभित्र अहिलेको बैजनाथ गाउँपालिका र त्यति बेलाको बैजनाथमा आकाश पातालको परक पाउनु हुनेछ । यो निकै ठुलो परियोजना हो । यहाँका हरेक नागरिकले रोजगारी पाउने छन् । पुर्वाधारको विकास हुनेछ । उद्योगहरु स्थापना हुन्छन् । समग्र जनताको आर्य स्तर पक्कै पनि बढ्ला । फेरी पनि तपाई लाई भन्नु बैजनाथको कायापलट पक्कै हुन्छ । यसको लागि सरकारले समेत औद्योगिक क्षेत्रको निर्माणको निम्ति ढिलो गर्नु हुदैन भन्छु म त । गाउँपालिकामा अन्य विकास पनि संँ सँगै हुन्छ । बैजनाथ गाउँपालिकाको भविश्य उज्वल देख्छु म यसको लागि म लगायत हाम्रो टोली लागिरहेको छ जनप्रतिनिधिहरु लागि रहनु भएको छ । एकता नै बल हो नी
होईन ।
६. स्थानीय तह प्रति जनताको असन्तुष्टि बढ्दो छ बैजनाथ गाउँपालिका अपबाद छ र ?
ड्ड पक्कै हो देश नयाँ संरचनामा गएसंगै जनतामा धेरै आशा र अ‍ेपक्षा रहेका छन् । लामो समयको अन्तरालमा जनप्रतिनिधि जनताको मतबाट चुनिएर आएपछि जनताले अपेक्षा गर्नु स्वाभाविकै हो । यसमा त्रिकोषात्मक सम्बन्धको आवश्यकता देख्नु म । केही जनप्रतिनिधि, कर्मचारी र जनताले चाहेर मात्रै पनि विकास हुदैन । सबैको विकासमा एकता , सहकार्य र समन्वय सबै भन्दा ठुलो कुरा हो । हाम्रो गाउँपालिकाले यिनै कुरालाई पहिले देखी नै प्राथमिकता दिएको छ । यसमा जनता सबै भन्दा पहिलो प्राथमिकता हुने कुरामा दुईमत छैन । कोही कर्मचारी, जनप्रतिनिधिको आवश्यकता भन्दा पनि जनताको ईच्छा र आकांक्षा अनुसार चल्नु पर्छ । मैले तपाईलाई अघि नै भनिसके । सेवाग्राही स्थानीय तहमा सेवा लिन आएपछि कुर्नै नपर्ने वातावरण हाम्रो गाउँपालिकामा बनाउनको लागि मैले मातहतका निकाय र कर्मचारीलाई निर्देशन गर्दे आएको छु । केही दिन अघि मात्रै एउटा घटना घटेको थियो, गाउँपालिका अध्यक्ष र जनप्रनितिधि आफै गएर उद्धार गर्नु भयो । मृतकलाई राहातको लागि पनि गाउँपालिकाले निर्णय गरिसकेको छ । यस्ता धेरै काम भएका छन् । मेरो विचारमा बैजनाथ गाउँपालिकामा सेवाग्राहीले मैले सेवा पाएको छैन, सोचे अनुसारको विकास भएको छैन भनेको मैले सुनेको छैन । यति त्यस्तो कुरा आयो भने पक्कै पनि जनताको सेवाको लागि हामी गम्भिर छौ ।
७. यस गाउँपालिकामा कर्मचारी समायोजनको प्रभाव कस्तो परेको छ ?
ड्ड हो महत्वपुर्ण प्रश्न गर्नु भयो ।यहाँ हाम्रो कर्मचारी अभाव जनताको सेवामा प्रभाव गर्ने गरि छैन । समायोजनको क्रममा आउने जाने क्रम जारी रहेको छ । सुगम क्षेत्र भएकोले पनि होला कर्मचारी चाप रहेको छ । कार्यपालिकाले दरबन्दि भन्दा कर्मचारी हाजिर हुन नदिन कार्यपालिकाले निर्णय नै गरेको छ । केही त्यस्ता आएका थुप्रै साथीहरु तितो अनुभव पनि गर्नु भयो । दुई चार जना त फिर्ता समेत भएका छन् ।
८. अन्त्यमा सम्पुर्णमा के भन्न चाहनुहुन्छ ?
ड्ड अन्त्यमा बैजनाथ गाउँपालिकाको विकासको लागि सबैको एकता आवश्यक छ । हामीले नीजि क्षेत्र र पत्रकारिता क्षेत्र संगको विकासको लागि सहकार्य गरिएको छ । र बैजानाथ गाउँपालिकालाई के भन्न चाहन्छु भने विकासमा हातेमालो गरौ, घर घर मै पुगिसकेको दशैको अवसरमा सबैमा शुभकामना समेत व्यक्त गर्न चाहन्छु, धन्यावाद ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १६ गते बिहीबार