19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

नेताको बारीमा ठूलो गोलभेंडा फल्नुपर्छ स् प्रधानमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६  

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् ।

आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर, खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई थाहा पनि छ’ बुधबार राजधानीमा आयोजित किसान संगठनको केन्द्रीय बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले आफैंले मकै, धानदेखि लिएर सागसब्जीदेखि लिएर सबै लगाएको पनि छु ।’

कम्युनिष्ट पार्टी ९नेकपा० निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा सपथ ग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले किसान नेताका बारीमा ठूला घोगाा मकै र ठूलै टमाटर फलाएर नमूना किसान बन्न निर्देशनसमेत दिए ।

प्रधानमन्त्रीले किसान नेताहरुलाई भने–

‘तपाईहरुले किसान संगठनमा संगठित भइयो भनेर बस्ने होइन । तपाईंहरु नमुना किसान हुनुपर्छ ।

तपाईको बारीमा धेरै घोगा मकै फल्नुपर्छ । अलिक ठूलो घोगा मकै फल्नुपर्छ । अलिक झपक्क खुर्सानी फल्नुपर्छ । झपक्क टमाटर फल्नुपर्छ । ठूलै टमाटर फल्नुपर्छ ।

तपाईका धानका बालाहरुभन्दा झपक्क, लामा र धेरै दाना फलेका हुनुपर्छ । सब्जीको तपाईकोमा कुनै अभाव हुनुहुँदैन । किसान नेता भनेको उत्पादनको नमुना हुनुपर्छ ।

त्यसकारण म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, उत्पादनको नमूना बन्ने प्रयास गर्नुस् । मेरो शुभकामना पनि छ, उत्पादनका लागि नमुना बन्ने काम गर्नुस् ।’

किसान संगठनको बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासंघका इञ्चार्ज वामदेव गौतमले महासंघका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए ।

नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० निकट २५१ सदस्यीय एकीकृत महासंघ गठन भएको थियो ।

महासंघको सहइञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको ०७५ जेठ ३ गते एकता भएको थियो ।

बैठकमा मुलुकको वर्तमान सामाजिक आर्थिक अवस्थाको विकाससँगै नेपाली कृषि क्रान्तिको कार्यक्रम समृद्ध गर्ने लक्ष्यसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।अनलाइनखबर

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     6:03:16 PM  |