सिन्धुली।
समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन् ।
आज सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उनले भने, “तपाईहरूले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्रल्याई देशलाई समृद्ध बनाउँदैछांँै ।”
चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उनको भनाइ थियो ।
“संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन”, अध्यक्ष भट्टराईले भने ।
क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उहाँको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताएका हुन्