मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६
काठमाडौं । ललितपुर प्रहरी परिसरको हिरासतमा रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ ।
आइतबार दिउँसो पक्राउ परेका उनलाई आगामी दिनमा कसैमाथि पनि अभद्र व्यवहार नगर्ने शतर्मा सोमबार थुनामुक्त गरिएको हो ।
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै आएका शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका थिए ।
त्यस विषयमा स्पष्टीकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।