जुम्ला ।
तातोपानी गाउँपालिका जर्मी गाउँमा रहेको भवानी आधारभूत विद्यालयमा दिवा खाजाको विषयलाई लिएर विवाद भएको छ । विद्यार्थीलाई प्रदान गरिने दिवा खाजा खुवाउने विषयमा विवाद भएपछि निमित्त प्रधानाध्यापक र कार्यालय सहयोगी बीच कुटाकुट भएको हो । निमित्त प्रधानाध्यापक अर्जुन बुढा र सहयोगी सन्त बुढाबीच कार्यालय मै विवाद भएको थियो । सोही विषयलाई लिएर झगडा हुँदा दुबै जना घाईते भएका छन् ।
विद्यालयका शिक्षकका अनुसार विद्यार्थीले दैनिक पाउने दिवा खाजा नपाएपछि विवाद शुरु भएको हो । यस अघि सोही विद्यालयमा प्रधानाध्यापक र शिक्षक बीच पनि हानाहान भएको थियो । जर्मी गाउँका स्थानीय राम बहादुर चनाराका अनुसार विद्यालयमा बारम्बार विवाद हुँदा विद्यालयको पठनपाठनमा समस्या भएको छ । भने विद्यार्थी पनि विद्यालय जान छोडेका छन् । दुई जना शिक्षकका बीच हानाहान भएको उजुरी प्रहरी चौकीसम्म पुगेको थियो ।
पछि वडा कार्यालयको रोहोबरमा विद्यालयको विवाद मिलाइएको भएपनि फेरी कुटाकुट भएको हो । वडा अध्यक्ष कृष्ण बहादुर बुढा बारम्बारको विवादका विषयमा यर्थात बुझे आवश्यक कारबाही गरिने बताउँछन् । वडा नै नमुना विद्यालयको रुपमा परिचित भवानी आधारभुत विद्यालयमा राजनितिकको प्रभाव परेको प्रष्टै देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्