जुम्ला ।
जुम्लाको हिमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा शैक्षिक सुधारको नयाँ अभ्यास शुरु गरेको छ । गाउँपालिकामा रहेका विद्यालय मध्य उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ । २० वटा विद्यालय मध्य शिक्षा क्षेत्र नमुना तथा उत्कृष्ट काम गरेको भन्दै शैक्षिक तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेकाो भन्दै कालिका आधारभूत विद्यालय गाउँपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरिएको हो । हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार उक्त विद्यालयलाई नगद चार रुपैया वितरण गरिएको हो । राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई कारवाही गर्ने नीति गाउँपालिकाले लिएको उनको भनाई छ ।
उनले शैक्षिक आधारभूत व्यवस्थापनदेखि अध्यापनको मूल्यांकन गर्दै गाउँपालिकाले पुरस्कृत गरेको जानकारी दिए । विद्यालयले दिने शिक्षा र व्यवस्थापन हेरेर सरोकारवाला निकायहरुको बैठकले कालिका आधारभूत विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिका प्रमुख रजबहादुर शाही बताउछन् । हिमा गाउँपालिकाका २० विद्यालय र एक आवासीय विद्यालयलाई व्यवस्थित र चुस्त बनाउन गाउँपालिकाले अभियान थालेको उनले बताए । कालिका आाधारभूत विद्यालयमा कम जनशक्ति भए पनि विद्यालय प्रशासन व्यवस्थित भएका कारण शैक्षिक अवस्था राम्रो देखिएको गाउँपालिकाले जनाएको छ । विद्यालयको चिटिक्क कक्षा कोठा, भित्तामा विभिन्न शैक्षिक सूचनामूलक सन्देश, बालमैत्री कक्षाकोठा, बालमैत्री तथा अपाङ्गमैत्री शौचालयदेखि अन्य क्षेत्रमा राम्रो व्यवस्थापन गरेको छ ।
जहाँ विद्यार्थी आफै गर्छन्, हाजिर
उक्त विद्यालयमा बिहान विद्यार्थीहरु आउने बित्तिकै कक्षा कोठामा आफै हाजिर गर्ने ग गरेका छन् । र्दछन् । रातो र नीलो गोटी झुण्डाइएको स्थानमा रोल नम्बर समेत अंकित गरिएको छ । विद्यार्थी उपस्थित भएमा नीलो रंग र अनुपस्थित भएका रातो रंगले जनाइन्छ । प्रधानाध्यापक दीपबहादुर शाही भने ,‘हामीले सानो स्रोतमा पनि शिक्षामा गुणस्तर कायम गर्ने प्रयास गरेका छौँ । हाम्रो कामको मूल्यांकन गरेर स्थानीय सरकारले प्रोत्साहन गरेकोमा विद्यालय परिवार खुशी छ । आगामी दिनमा झन् सक्रिय हुनेछौँ । ‘विभिन्न भित्ते लेखन, गोटी प्रणाली हाजिरी, सफा कक्षा कोठाले पढ्ने वातावरण राम्रो भएको छ’, कक्षा पाँचमा अध्ययनरत विद्यार्थी प्रमिला रोकायाले भनिन् ।