3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

चोरी भएको मोटरसाईकल बेवारिसे अवस्थामा भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६  

कोहलपुर।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जेठ २७ गते घर मै राखेको समयमा चोरी भएको मोटर साईकल बेवारिसे अवस्थामा भेटाएको छ । जानकी गाउँपालिका ६,कोठारपुरका लोकनाथ गुप्ताको पल्सर मोटरसाईकल २७ गते राती चोरी भएको थियो ।

गुप्ताले मोटरसाईकल चोरी भएलगत्तै प्रहरीमा उजुरी दिएको र त्यस लगत्तै खोजीनिति गर्दा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोही अनुसार ईलाका प्रहरी कार्यालयले खानतलासी गर्ने क्रममा कोहलपुर ३ मदनचोक नजिकै बेवारिसे अवस्था भेटाएको थियो ।

त्यस लगत्तै सवारी धनीलाई मोटर साईकल बुझाइएको कार्यालयले जनाएको छ । पछिल्लो समय बाँकेमा मोटरसाईकल चोरीका घटना बढी रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     2:34:05 PM  |