चोरी भएको मोटरसाईकल बेवारिसे अवस्थामा भेटियो



कोहलपुर।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जेठ २७ गते घर मै राखेको समयमा चोरी भएको मोटर साईकल बेवारिसे अवस्थामा भेटाएको छ । जानकी गाउँपालिका ६,कोठारपुरका लोकनाथ गुप्ताको पल्सर मोटरसाईकल २७ गते राती चोरी भएको थियो ।

गुप्ताले मोटरसाईकल चोरी भएलगत्तै प्रहरीमा उजुरी दिएको र त्यस लगत्तै खोजीनिति गर्दा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोही अनुसार ईलाका प्रहरी कार्यालयले खानतलासी गर्ने क्रममा कोहलपुर ३ मदनचोक नजिकै बेवारिसे अवस्था भेटाएको थियो ।

त्यस लगत्तै सवारी धनीलाई मोटर साईकल बुझाइएको कार्यालयले जनाएको छ । पछिल्लो समय बाँकेमा मोटरसाईकल चोरीका घटना बढी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २८ गते मंगलबार