3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

श्रीमतीमाथि बन्चरो प्रहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६  

नेपालगन्ज ।

बाँकेमा एक जनाले आफ्नै श्रीमतीमाथि बन्चरो प्रहार गरेर प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरका ५९ बर्षिय पंचराम हरिजनले श्रीमतीमाथि बन्चरो प्रहार गरेका हुन् ।

शनिबार बिहान ९ बजेतिर श्रीमती ४५ बर्षीय कप्तरा हरिजनलाई बन्चरो प्रहार गरे उनी आफै बन्चरोसहित ईलाका प्रहरी कार्यालय मानपुर पुगेका थिए । बन्चरो प्रहारबाट कप्तरा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

श्रीमतीले खुर्सानीको धुलो आँखामा हाल्दिएको भन्दै उनीले बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट श्रीमतीको टाउकोमा गहिरो घाउ भएको छ । श्रीमान श्रीमती बीच दुई हप्तादेखि झगडा हुदै आएको बताईएको छ । गम्भिर घाइते महिलाको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     8:36:06 AM  |