फुटबलको फाईनलमा सुर्खेत र हुम्ला भिड्दै



सुर्खेत ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा भएको कर्णाली प्रदेश स्तरिय खेलकुद छनौट प्रतियोगिता अन्तर्गत फुटबलको फाइनलमा सुर्खेत र हुम्ला भिड्ने भएका छन् ।

मंगलबार भएको सेमिफायनलमा सुर्खेतले कालिकोटलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।  सुर्खेतले कालिकोटलाई ६ का बिरद्ध १ गोल अन्तरले हराउँदै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत लगातार जित हात पार्दै उपाधि नजिक पुगेको छ ।

यस्तै लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउदै फाईनल प्रवेश गरेको छ । वीरेन्द्रनगरको रंगशालामा भएको खेलमा मुगुलाई १ का विरुद्ध ३ गोलले पाखा लगाउदै हुम्लाले सुर्खेत संगको भिडन्त पक्का गरेको हो । यस्तै तेस्रो स्थानको लागि बुधबार नै कालिकोटले मुगुको सामना गर्ने भएको छ ।

यता एथ्लेटिक्समा सुर्खेत प्रथम भएको छ भने जुम्ला दोस्रो स्थान ओगट्न सफल भएको छ । यस्तै व्याडिमन्टिनको पुरुषतर्फ सुर्खेतका निरन्जन चौधरी प्रथम भएका छन् । मंगलबारको खेलमा सुर्खेतका नरेन्द्रबहादुर बम दोस्रो हुदाँ सुर्खेतकै टक्क बहादुर शाही तेस्रो बनेका छन् ।

महिला तर्फ पनि सुर्खेतका सामना भटराई प्रथम भएकी छन् । सुर्खेतककै अग्रीमा भन्डारी दृतिय भइन् भने, सुर्खेतकै पुष्पा शाहीले तृतिय स्थान हासिल गर्न सफल भएकि छ

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १५ गते बुधबार