मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १८, २०७५
बाँसगढी/ बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ बेलवामा रहेको गोल्डेन फ्युचर सेकेन्डरी बोडिङ्ग स्कुल बेलवाले बढैयातालका आगलागी पीडितलाई सहयोग गरेको छ ।
बढैयाताल गाँउपालिका वडा नं.४ का सोहन मंगताको लक्ष्मी पुजाका दिन दियो बाल्ने क्रममा घरमा आगलागी भई घर नै जलेर नष्ट भएको थियो । सेवा नै धर्म हो भन्ने मर्मलाई आत्मासात गर्दै शिक्षाको गुणस्तरमा मात्रै जोड नदिई समाज सेवाका लागि पनि विद्यालय परिवारले पीडित परिवारलाई राहत स्वरुप सहयोग गरेको विद्यालयका प्रिन्सिपल सतिस चौधरीले बताए ।
आगलागी पीडित परिवारलाई विद्यालयका शिक्षक, विद्यार्थीद्वारा नगर २ हजार ५ सय र २ क्वीन्टल चामल पीडित परिवारलाई राहत स्वरुप दिइएको विद्यालयका भाइस प्रिन्सिपल शान्त केसीले बताए । विद्यालयले बेला बेलामा रचनात्मक कार्यक्रमसँगै सामाजिक सेवामा पनि सहयोग पु¥याउदै आएको छ