मिस वर्ल्डको ‘टप २०’ मा छानिइन् श्रृंखला खतिवडा (भिडियाेसहित)



काठमाडाैं/ चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको टप २० मा नेपालकी श्रृङ्खला खतिवडा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।

प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पारेकी थिइन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् ।

श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन्। मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैँटौँ नम्बरमा बंगलादेश, सातौँ नम्बरमा चिली, आठौ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौं नम्बरमा ग्वाडेलप देशका सुन्दरीहरु छानिएका छन्।

यस्तै एघारौ नम्बरमा म्‍यानमार छन भने बाह्रौ नम्बरमा भारत रहेको छ। मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बरमा छिन्। यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बरमा थाइल्‍याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्‍याड एण्ड टोब्‍याको, उन्नाइस नम्बरमा अर्जेन्टिना र बीसौ नम्बरमा युगान्डाका सुन्दरीहरु छानिएकी छिन्।-news24nepal.tv

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १५ गते शनिबार