कोहलपुर/ कोहलपुर नगरपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुईदिने पिएमटिसिटी तालिम दिन सुरु गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा भइरहेको सो कोहलपुर नगरपालिका प्रमुखले शुक्रबार कोहलपुरमा उद्घाटन गरे ।
कोहलपुर नगरपालिका क्षेत्र भित्रका सबै वडाहरुमा रहने गर्भवती आमाहरुको एचआइभी परीक्षण गरिने र त्यस्तो परीक्षण गर्दा ध्यान दिनु पर्ने र अपनाउने पर्ने सावधानीको बारेमा सबै स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने नगरस्वास्थ्य शाखा सह–संयोजक विद्यासागर मैनालले जानकारी गराए ।
साविकको जिल्ला जनस्वास्थ्य तथा हालै मात्र सामाजिक विकास प्रदेश स्वास्थ्य कार्यालयको रुपमा रुपान्तरण भएको कार्यालय नेपालगञ्जका प्रमुख राम बहादुर चन्दले सबै गर्भवती आमाहरुको एचआइभी परीक्षण गरी उनको गर्भमा रहेको शिशुमा हुने एचआइभी संक्रमण्मलाई कसरी रोक्न सकिन्छ , त्यसको विधि र त्यस्तो संक्रमणलाई न्यून गर्ने औषधीको प्रयोग गर्ने तरीका त्यस्ता संक्रमित आमाहरुले जान्नै पर्ने बताए ।
करिब दुई दर्जन स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको दुई दिने सो तालिमको उद्घाटन शत्रलाई समापन गर्दै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले गर्भवती आमाहरुको एचआइभी परीक्षण गराएर उनीहरुबाट जन्मने शिशुको बाच्न पाउने अधिकारको संरक्षण गर्ने र त्यस्ता शिशुहरुको रगतमा एचआइभी संक्रमण हुनबाट कसरी बचाउन सकिन्छ भन्ने ज्ञान प्राप्त हुने तालिम महत्वपूर्ण रहेको बताए ।
रावतले सो ताशिलममा सबैलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह समेत गरे । शुक्रबार देखि शुरु भएको सो तालिम शनिबार सम्म सञ्भालन गरिने छ ।