ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ



नेपालगन्ज/   बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा पक्राउ गरेको छ ।

लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलबार साँझ नेपालगन्जको चौलिक्का चोकबाट भारत रुपैडिहाका १८ वर्षीय सायर आलम राईलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

रुपैडिहाबाट ८९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर लिएर नेपालगन्ज आउँदै गरेका गोप्य सूचनाका आधारमा प्रहरी टोलीले मंगलबार सांँझ चौलिक्का चोकबाट पक्राउ गरेको हो । बरामद लागू औषध ब्राउन सुगर विगत एक वर्ष यता कै सबै भन्दा ठूलो परिमाणको भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलमलाई आवश्यक अनुसंधानको लागि बरामद लागू औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको लागू औषध अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दाफाँटका ईन्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले राईका साथबाट ८९ ग्राम ब्राउन सुगर बरामद भएको र उनीमाथि लागू औषध कारोबार ऐन अन्तरगत कारहवाही हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १४ गते बुधबार