कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका—१४ हवलदापुरमा बुधबार एक दिने निःशुल्क कान परीक्षण सम्पन्न भएको छ ।
समाज सेवा संस्था नेपालको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको शिविरमा ७३ जनाको कान परीक्षण गरिएको थियो । तिमध्ये ९ जनालाई अप्रेसनका लागि रेफर गरिएको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।
कोहलपुर नगरपालिका वडा नं.१४ र १५ वडा कार्यालय र शम्शेरगज स्वास्थ्य चौकीको समन्वय तथा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा कान स्वास्थ्य अधिकृत राम बहादुर बोहेराको संयोकत्वमा ८ जना स्वास्थ्यकर्मीहरुको टोलीले कान परीक्षण गरेका थिए ।
समाज सेवा नेपालको आगामी कार्तिक १० गते हुन गइरहेको वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २०७५ कात्तिक ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्