20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय एसएसबीबाट मरणसन्न हुनेगरी कुटिए !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

दार्चुला/  सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् । दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ ।

नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएकाे छ ।

प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए । घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ । –news.tajadainik.com

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     8:54:18 AM  |